Like us!
Follow us!
Connect us!
Watch us!

बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड आज

अर्थ संसार

आइतबार, ०३ पुस २०७९, ०७ : २५ मा प्रकाशित

बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड आज

बाराही हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २१ गतेदेखि मंसिर २६ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज हुने भएको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओ बाँडफाड आज आइताबार (पौष ३ गते) क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १० बजेदेखि गरिनेछ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात २७ हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरी २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन सक्दथे ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका छन् ।   माग भन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ५ सय २२ जना आवेदकले मात्र १० कित्ता सेयर हात पार्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको