Like us!
Follow us!
Connect us!
Watch us!

चितवन-१ मा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा, बलियो बन्दै ढकाल

अर्थ संसार

शनिबार, २६ कार्तिक २०७९, १० : ०४ मा प्रकाशित

चितवन-१ मा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा, बलियो बन्दै ढकाल

सेयर बजारका लगानीकर्ताका नेता एबं सक्रिय लगानीकर्ता हरी ढकाल आगामी प्रतिनिधीसभा निर्वाचनमा विजयउन्मुख रहेको देखिएको छ । सेतोपाटी डटकमले गरेको एक अध्ययनले ढकालको बिजय हुने संभावना बलियो देखाएको हो ।

उक्त अध्ययनले चितवन- १ मा ढकाल र नेपाली कांग्रेसका तर्फबाट गठबन्धन उमेद्वार विश्व पौडेलका बिचमा बलियो प्रतिष्प्रधा हुने देखाएको छ ।

गत स्थानिय निर्वाचनमा पनि सेतापाटी डटकमले गरेको अध्ययनले काठमांडौ महानगरमा बालेन्द्र साह, भरतपुर महानगरमा रेनु दाहाल र धनगढी उपमहानगरपालिकामा गोपाल हमालले जित्ने प्रक्षेप्पण गरेको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट चितवन १ बाट प्रतिनिधिसभा निर्वाचन लडेका ढकाल आफ्ना प्रतिष्पर्धीहरु भन्दा बलिया देखिएका छन् । पछिल्लो समय उनको घरदैलोमा देखिएको स्थानियहरुको सहभागिताले समेत उनि जित नजिक रहेको संकेत गर्छ । 

‘अहिले चितवन १ मा हरी ढकालको माहोल धेरै नै सुध्रियको छ’ एक स्थानियले भने ‘रबी लामिछानेको क्रेज, हरी ढकालको योजना र पुराना दलहरुप्रतिको जनाताको नैरास्यताले पनि यो पटक यहाँ नतिजा पल्टिन सक्छ ।’  

विगतमा नेकपा एमालेमा आवद्ध ढकाल पछिल्लो स्थानिय निर्वाचनमा काठमांडौका स्वतन्त्र उमेद्वार बालेन्द्र साहलाई जिताउन सक्रिय रुपमा लागेका थिए । सेयर बजारको विकास र विस्तारका विभिन्न मागहरु सहित आमरण अनसन सम्म बसेका ढकाल नेपालको पूजीँ बजारमा लगानी गर्ने लगानीकर्ताहरु माथ परिचित छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको