Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डको मन्त्रीमण्डलमा हरि ढकालको संभावना कति ?

अर्थ संसार

सोमबार, ११ पुस २०७९, ०८ : १७ मा प्रकाशित

प्रचण्डको मन्त्रीमण्डलमा  हरि ढकालको संभावना कति ?

संसदको दोस्रो ठुलो दल नेकपा एमाले सहितका ७ दलको समर्थनमा नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज ४ बजे राष्ट्रपति निवासमा देशको ४४ औँ प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्दैछन् ।

प्रचण्ड नेतृत्वको सरकारमा सर्मथन गर्ने ७ वटै दलबाट सरकारमा सहभागि हुनेछन् । प्रधानमन्त्री, राष्ट्रपति, सभामुख र उपराष्ट्रपतिको भागभण्डामा एमाले र माओवादी मात्र हिस्सेदार बन्दा अन्य पार्टीबाट भने मन्त्रीमण्डलमा सहभागिता हुनेछ । 

यहि निर्वाचनबाट नयाँ शक्तिका रुपमा उदय भएको रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सत्ता आरोहणलाई धेरै नै चासोका साथ हेरिएको छ । प्रचण्डको नेतृत्वमा बन्ने सरकालाई समर्थन दिएसंगै रास्वपा पनि सरकारमा सहभागि हुने पक्कापक्की देखिएको छ । 

सरकारमा सहभागि हुने भएपनि अहिलेसम्म अन्य दलहरुले पाउने मन्त्रालय र संख्याको बाँडफाँड भने सकिएको छैन । रास्वपाका तर्फबाट को को सांसदरहरु मन्त्रीमण्डलमा अटाँउलान् भन्ने चासो यतिबेला देखिन्छ । 

सेयरबजारका चर्चित लगानीकर्ता हरी ढकालको पनि यतिबेला प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्ने संभावना बलियो देखिन्छ । चितवन १ बाट प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित ढकाल रास्वपाका अध्यक्ष रवी लामिछाने सरकारमा सहभागि नहुने भएमा मन्त्री बन्ने बलियो संभावना भएका प्रतिनिधी सभा सदस्य हुन् । 

चितवनबाट अध्यक्ष लामिछाने सहित ढकाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । चितवनबाट २ वटा प्रतिनिधिसभामा जितेको रास्वपाले समानुपातिक तर्फपनि राम्रो मत प्राप्त गरेको थियो । आँफु सरकारमा सहभागि नभए लामिछानेले चितवनबाटै निर्वाचित ढकाललाई मन्त्रीमण्डलमा सहभागि गराउने संभावना प्रबल रहेको स्रोतको दावी छ । अर्थमन्त्रालय एमालले र गृहमन्त्रालयले माओवादीले राख्ने सहमति भइसकेकोले अन्य बाँकि मन्त्रालय अन्य दलहरुले प्राप्त गर्ने छन् । अहिले बनेको गठबन्धनमा तेस्रो ठुलो शक्तिका रुपमा रहेको रास्वपाले करिब ४ वटा मन्त्रालय पाउने संभावना देखिन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको