Like us!
Follow us!
Connect us!
Watch us!

पाँच दिनमा भूकम्पका ५०३ धक्का, विज्ञ भन्छन्-'ठूलो विनाशकारी भूकम्प आउन सक्छ'

पत्रपत्रिका

सोमबार, २८ कार्तिक २०७९, ०७ : ५९ मा प्रकाशित

पाँच दिनमा भूकम्पका ५०३ धक्का, विज्ञ भन्छन्-'ठूलो विनाशकारी भूकम्प आउन सक्छ'

खप्तड राष्ट्रिय निकुञ्जको आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर पाँच दिनको अवधिमा साना ठूला गरेर ५०३ वटा भूकम्प सुदूरपश्चिममा गएको  छ । मङ्गलबार राति ८ बजेर १२ मिनेटमा पहिलो भूकम्प  गएको थियो । त्यसपछि लगातार सोही क्षेत्रको आसपासमा धेरै भूकम्प गएकाले सुरक्षित र सचेत रहन सुदूरपश्चिमवासीलाई विज्ञले सुझाव दिएका छन् ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार चार जिल्लाको केन्द्रमा रहेको खप्तड क्षेत्र तथा आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेको छ । 

अधिकांश भूकम्प महसुस नहुने  खालका रेकर्ड गरिएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौँका भूकम्पविद् भरत कोइरालाका अनुसार गएको ५१७ वर्षयता पश्चिम नेपालमा ठूलो  भुइँचालो गएको छैन । अझै पनि ठूलो विनाशकारी भूकम्प आउन सक्ने  हुनाले सो  क्षेत्रका बासिन्दा सचेत हुनुपर्ने सुझाव उनको छ । गोरखापत्र दैनिकमा समाचार छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको