Like us!
Follow us!
Connect us!
Watch us!

मेक्सिकोमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प

अर्थ संसार

मंगलबार, ०४ असोज २०७९, ०७ : २५ मा प्रकाशित

मेक्सिकोमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प

मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । सन् १९८५ र २०१७ का दुई ठूला भूकम्पको वार्षिकोत्सवमा मेक्सिको सिटीमा सयौं माइल टाढाको भवनहरू हल्लाउँदै पश्चिमी मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन निकायले ७.४ रेक्टर स्केलको भूकम्प गएको छ भने अमेरिकी भूगर्भ सर्वेक्षणले ७.६ रेक्टर स्केलको अनुमान गरेको छ । 

भूकम्पको केन्द्रबिन्दु प्रशान्त महासागरको तटमा रहेको मिचोआकान राज्यको कोलकोमानबाट ५९ किलोमिटर (३७ माइल) दक्षिणमा र मेक्सिको सिटीबाट सयौं किलोमिटर पश्चिममा रहेको भूकम्पविद्हरूले बताएका छन् । 

मेक्सिको सिटीको भूकम्पको अलार्म राजधानीले आपतकालीन प्रकोप अभ्यास गरेको एक घण्टा नहुँदै बजेको थियो, जसले मानिसहरूलाई फेरि सडकमा बाहिर पठायो । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको