Like us!
Follow us!
Connect us!
Watch us!

पपुवा न्यु गिनीमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प

अर्थ संसार

आइतबार, २६ भदौ २०७९, ०८ : ३६ मा प्रकाशित

पपुवा न्यु गिनीमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प

पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवा न्यु गिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ ।

भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छालहरू आउन सक्ने यूएसजीएसलले चेतावनी दिएको छ ।

भूकम्पले ठूलो क्षति पु–याएको अनुमान गरिएको छ । भूकम्प कैनान्तु सहरबाट करिब ६७ किलोमिटर टाढा ६१ किलोमिटर (३८ माइल) को गहिराईमा गएको थियो ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको