Like us!
Follow us!
Connect us!
Watch us!

माओवादी नेतृत्वको सरकारमा सहभागी हुनु गम्भीर भूलः अध्यक्ष थापा

आइतबार, ०४ भदौ २०७४, १९ : ३९ मा प्रकाशित

माओवादी  नेतृत्वको  सरकारमा सहभागी हुनु गम्भीर भूलः अध्यक्ष थापा

अर्थ संसार, हेटौँडा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यसअघि नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारमा आफ्नो पार्टी सहभागी हुनु गम्भीर भुल भएको बताउनु भएको छ ।

राप्रपा केन्द्रीय कार्य समितिको आज यहाँ सम्पन्न बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले सो सरकारमा सहभागी हुनु राप्रपा जस्तो राष्ट्रवादी पार्टीको निमित्त प्रत्यूत्पादक हुन पुगेको बताउनुभयो ।

राप्रपाका तर्फबाट व्यवस्थापिका–संसद्मा पेश गरिएको हिन्दूराष्ट्र पुनःस्थापनासम्बन्धी विधेयक छलफलमा नल्याइएको तथा राप्रपालाई विभाजन गर्ने कार्यमा सरकार र सत्तारुढ दल क्रियाशील रहेको आरोप लगाउँदै उहाँले संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरिएको बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको