Like us!
Follow us!
Connect us!
Watch us!

सिक्लेस हाइड्रोको वित्तीय अवस्था : नाफा ६ करोड हुँदा कति छ ईपीएस ?

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, १२ : ३२ मा प्रकाशित

सिक्लेस हाइड्रोको वित्तीय अवस्था : नाफा ६ करोड हुँदा कति छ ईपीएस ?

सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले ६ करोड २ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यही असार ३१ सम्म कम्पनीले ६ करोड ५२ लाख एक हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट १२ करोड ४० लाख ४१ हजार रूपैयाँ आम्दानी गरेकाे छ । असार ३१ सम्म कम्पनीले विद्युत बिक्रीबाट २० कराेड २ लाख ८९ हजार रूपैयाँ आम्दानी गरेको थियो । यसै अवधिसम्ममा कम्पनीको कुल आम्दानी १२ करोड ४० लाख ६७ हजार रुपयाँ रहेको छ ।

त्यस्तै, कम्पनीको चुक्ता पुँजी ८५ करोड रुपैयाँ रहेको छ । कम्पनीकाे जगेडा काेषमा १६ कराेड ६५ लाख ७३ हजार रुपैयाँ सञ्चित रहेकाे छ । कम्पनीकाे प्रतिसेयर आम्दानी ( ईपीएस) २८ रुपैयाँ ३४ पैसा रहेकाे छ ।

दाेश्राे बजारमा हिजै (कार्तिक २९ गते, मंगलबार) बाट मात्रै कम्पनीकाे काराेबार सुरू भएकाे हाे । यही साेमबार सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडको ८५ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको