Like us!
Follow us!
Connect us!
Watch us!

हालै आईपीओ जारी गरेको सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा

अर्थ संसार

मंगलबार, ३० फागुन २०७९, ०६ : ४८ मा प्रकाशित

हालै आईपीओ जारी गरेको सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा

सिक्लेस हाइड्रोपावर कम्पनीले लाभांश घोषणा सहित साधारणसभा आह्वान गरेको छ ।  कम्पनीको फागुन २९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १८ औँ वार्षिक साधारण सभा चैत्र २० गते, आभ्या क्लब घारिपाटन पोखरामा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभाले संचालक समितीले प्रस्ताव गरेको १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन र लेखापरिक्षण प्रतिवेदन समेत पारित गर्नेछ । चालु आर्थिक बर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साथै सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने संचालकहरुको निर्वाचन समेत गर्नेछ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत्र १३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत्र १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले गत भदौ २९ गतेदेखि असोज २ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो। 

कम्पनीले प्रकाशन गरेको सूचनाः

640fc84fa25a0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको