Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न सिक्लेस हाइड्रोपावरले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थ संसार

विहीबार, ०५ पुस २०८०, ०७ : २३ मा प्रकाशित

लाभांश पारित गर्न सिक्लेस हाइड्रोपावरले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

सिक्लेस हाइड्रोपावर लिमिटेडले साधारणसभा डाकेको छ।  कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट  लाभांश सहितको प्रस्ताव साधारण सभामा राखेको छ। 

 कम्पनीले पुस २७ गते शुक्रबार ११ बजे आभ्या क्लब, धारीपाटन, पोखरा, कास्कीमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभाले कम्पनीले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश (कर सहित) दिने संचालक समितिको प्रस्ताव पारित गर्नेछ। 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १३ गते बुकक्लोज तय गरेको छ। अर्थात पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको