Like us!
Follow us!
Connect us!
Watch us!

राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि.......

अर्थ संसार

विहीबार, ०१ मंसिर २०७९, १३ : ११ मा प्रकाशित

राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि.......

यतिबेला एउटा रमाइलाे घटना भारतसहित नेपालमा पनि चर्चित बनिरहेकाे छ । त्याे घटना हाे हिजाे बुधबार भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको ‘भारत जोडो यात्रा’ कार्यक्रममा बजेकाे नेपाली राष्ट्रिय गान । 

हिजाेकाे कार्यक्रममा गान्धीले राष्ट्रिय गान बजाउन आग्रह गर्दा मञ्चमा नेपाली राष्ट्रिय गान ‘सयौं थुंगा फूलको हामी’ बज्यो । नेपाली राष्ट्रिय गान बज्दा सबै उभिए । सुरुमा त गान्धीसहित सबैजना सहज पनि देखिए ।

केही क्षणपछि बजिरहेको नेपाली राष्ट्रिय गानलाई रोक्दै गान्धीले भारतको गीत ‘जनगणमन’ बजाउन निर्देशन दिए । तर दोस्रोपटक पनि नेपाली राष्ट्रिय गान बज्यो । केही समयको अन्योलपछि भने बल्ल भारतको राष्ट्रिय गान बजेकाे थियाे ।

प्राविधिक गल्तीले भएकाे याे घटनाकाे क्लिपले यतिबेला सामाजिक सञ्जाल तताइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको