Like us!
Follow us!
Connect us!
Watch us!

हास्य टेलिश्रृखंला ‘अति भो’ को लोकप्रियता बढ्यो

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, १२ : ०० मा प्रकाशित

हास्य टेलिश्रृखंला ‘अति भो’ को  लोकप्रियता बढ्यो

हास्य टेलिश्रृखंला ‘अति भो’ ले १२५ भाग पूरा गरेको छ । दर्शकमाझ लोकप्रियता बढ्दै जाँदा यो सफलतासम्म आइपुगेको निर्देशक सुरज खनालले जानकारी दिनुभएको हो ।

हास्य व्यङ्ग्यको माध्यमबाट सामाजिक कुरीतिहरूलाई हटाउने र मनोरञ्जन दिने उद्देश्यका साथ सुरु भएको यो टेलिसिरियलले कमेडीसँगै समाज सुधारका विषयमा कथावस्तु तयार गरिरहेको निर्देशक खनालले बताउनुभयो ।

सिरियलमा रियाशा दाहाल, सुरज खनाल, शर्मिला शर्मा, धनराम मुस्कान, सुबु शाही, सुमन खनाल, सोभाखर खनाल, पेमा लामा लगायतका कलाकारले अभिनय रहेको छ। दिलीप विष्टको छायाङ्कन रहेको ‘अति भो’ मा रविन भट्ट र अशोक चौधरी को सम्पादन छ ।

लेखन सुरज खनाल र ओकेश पनेरुको रहेको छ । दर्शकको मायाकै कारण आफूहरूमा छुट्टै उत्साह थपिएकोले सुझावको आधारमा नयाँ नयाँ विषयवस्तु पस्किने निर्देशक सुरज खनालले बताउनुभयो । यो सिरियल हरेक आइतबार राति ८ः५० बजे नेपाल टेलिभिजन र ९ः३० मा मिडिया हब अफिसियल युट्युब च्यानलबाट प्रसारण हुँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको