Like us!
Follow us!
Connect us!
Watch us!

दामोदर भट्टको प्रवेससँगै लोकप्रिय बन्दै ‘अति भो’ !

अर्थ संसार

मंगलबार, २७ मंसिर २०७९, २१ : ११ मा प्रकाशित

दामोदर भट्टको प्रवेससँगै लोकप्रिय बन्दै ‘अति भो’ !

युवा बर्गको अति नै लोकप्रिय सामाजिक विकृतिको पर्दाफास गर्ने हाँस्य ब्यांग्य टेली सिरियल ‘अति भो’ को १२६ औं भागदेखि कलाकारको भूमिकामा दामोदर भट्ट देखिएका छन् ।
 
कलाकार दामोदर भट्ट सिरियलमा हाल अमेरिकाबाट स्वोदेश फर्केर बिहेको लागि नेपाली मुलको एक असल बेहुलीको खोजिमा गाउँमा डुल्दै गरेको कथाबाट अती भो मा प्रवेश गरेका छन्,। बाबाको भूमिकामा भने सुदर्शन आचार्य सिरियल मा देखिएका छन् ।

त्यसै गरि टेलिसिरियलको लेखन स्वयम सुरज खनाल र ओकेस पनेरु, छायङ्कन दिलिप बिष्ट र सम्पादनमा रबिन भट्ट, असोक चौधरी र सरिता गौतमले गर्दै आएका छन्।

अहिले  टेली सिरियललाई मात्रै होइन नेपाल भरी नै राम्रो कलाकारको खाचो भैरहेको बेलामा  दमोदर भट्ट जस्तो युवा कलाकार पाउनु सम्पूर्ण  नेपालीहरुको खुसीको बिषय भएको अती भो युनिटले जनाएको छ । 

नेपाल टेलिभजनबाट हरेक आईतबार राती ठीक ८:५० र ९:३० बजे मिडिया हब अफिसियल युट्युब च्यानलबाट प्रसारण हुँदै आएको छ । 

63989a7ea5070.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको