Like us!
Follow us!
Connect us!
Watch us!

चुनावपछिकाे पहिलाे काराेबार दिन : नेप्सेमा सामान्य गिरावट

नेप्से

मंगलबार, ०६ मंसिर २०७९, १५ : ०६ मा प्रकाशित

चुनावपछिकाे पहिलाे काराेबार दिन : नेप्सेमा सामान्य गिरावट

चुनावपछिकाे पहिलाे काराेबार दिन आज (मंगलबार) सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले घटेर १९२९.७० विन्दुमा झरेकाे छ । नेप्से ०.३७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.४७ अंकले घटेर ३७९.५९ विन्दुमा झरेको छ । 

कूल २२८ वटा कम्पनीकाे ३७ लाख ६३ हजार ८ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३५ करोड २८ लाख ८५ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी ११ वटा उपसमूह घटेकाे छ । बैंकिङ्ग समूह र लाइफ इन्स्याेरेन्स समूह बढेकाे हाे । 

त्यसैगरी, मंगलबार नेपाल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १२ कराेड १६ लाख ८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज जानकी फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ६.२३ प्रतिशतले बढेर ३ सय ७५ रूपैयाँ पुगेकाे छ । 

यस दिन युनिलिभर नेपाल लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.५८ प्रतिशतले घटेर १८ हजार ६ सय एक रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको