Like us!
Follow us!
Connect us!
Watch us!

चुनावमा मेरो २ लाख रुपैयाँ पनि खर्च भएको छैनः सोबिता गौतम

अर्थ संसार

विहीबार, ०८ मंसिर २०७९, ०९ : ०१ मा प्रकाशित

चुनावमा मेरो २ लाख रुपैयाँ पनि खर्च भएको छैनः सोबिता गौतम

काठमांडौ २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोबिता गौतमले आफ्नो निर्वाचनमा २ लाख रुपैयाँ समेत खर्च नभएको बताएकी छन् ।

निर्वाचित भएपछि निर्वाचना खर्चका बारेमा बाल्दै उनले भनिन् ‘मलाई लाग्छ २ लाख पनि कटेको छैन जस्तो लाग्छ। भर्खर त निर्वाचन सकियो, भर्खर मतपरिणाम आयो त्यही भएर यो बोल्दै गर्दा खेरी ठ्याक्कै हिसाब मैले गर्दा करेक्सन गर्नु पर्ने पनि हुनसक्छ तर मलाई लाग्छ २ लाख पनि आएन होला किनभने देखि हामी जहाँ गयौं नि त्यो ठाउँमा हामिलाई अफर गर्नु भयो’ । 

उनले आफ्ना निकटतम परतिद्वन्द्वी नेकपा एमालेका मणिराम फुयाँललाई हराउँदै विजय हासिल गरेकी थिइन् । १५ हजार २ सय २९ मत सहित गौतम विजयी हुँदा फुयाँलले ११ हजार ५ सय ५५ मत प्राप्त गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको