Like us!
Follow us!
Connect us!
Watch us!

यसरी वितरण गर्यो गैसस महासंघ धादिङले बाढी पिडितलाई राहत (फोटोफिचर)

सोमबार, ०५ भदौ २०७४, २१ : २६ मा प्रकाशित

यसरी वितरण गर्यो गैसस महासंघ धादिङले बाढी पिडितलाई  राहत (फोटोफिचर)

अर्थ संसार, धादिङ -  रौतहटका बाढी पहिरो पिडितलाई राहत सामाग्री वितरण गरिएको छ । गैर सरकारी संस्थाहरुको छाता संगठन गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा धादिङको अगुवाईमा २०७४ श्रावण २८ र २९ को बर्षाको कारण बाढी पहिरो प्रभावित परिवारलाई साहत सामाग्र वितरण गरिएको हो ।

जिल्ला दैबी प्रकोप उद्धार समिति रौतहटको स्वीकृतिमा जिल्लाको गरुडा नगरपालिका वडा नं ४ पोठियाही दलितबस्तीका  २ सय २० घर परिवारलाई प्रति परिवार १८ सय ९० रुपैया बराबरको खाद्यन्य सहयोग गरिएको हो ।

प्रतिघर ३० किलो सोना मनसुली  चामल,३ किलो दाल,१ किलो नुन र १ लिटर खाने तल सहितको खाद्य सामाग्री स्थानीय निकायका कर्मचारी र प्रहरीको रोहबरमा वितरण गरिएको छ ।

गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा धादिङको अगुवाईमा भएको चन्दा संकलनबाट रु १ लाख ५० हजार ३ सय १३,प्रयास नेपाल धादिङबाट ६० हजार,शान्ति नेपालबाट ५६ हजार नौसय ३४ हजार,फोकस नेपालबाट ५० हजार,आइसीडीबाट ३४हजार १ सय १५५,सिड्स धादिङबाट २५ हजार,कोशोक नेपालबाट १० हजार २ सय ५,आवाज अभियानबाट ८ हजार,हिम्स नेपालबाट २० हजार संकलन गरी जम्मा भएको रकमबाट २ सय २० घर परिवार लाई १८सय ९० का दरले ४ लाख १५ हजार आठ सय रुपैया बराबरको सामग्री वितरण गरिएको जिल्ला शाखा अध्यक्ष दामोदर अर्यालले जानकारी दिनु भयो ।

 राहत सामाग्री वितरण कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा रौतहटका अध्यक्ष प्रमोद चौधरी,मध्यमाञ्चल उपाध्यक्ष हेमराज छत्कुली,जिल्ला कोषाध्यक्ष शेर बहादुर तामाङ,सदस्य शालिकराम डुवाडी,शान्ति नेपालका पुष्पराज शर्मा,कोशोक नेपालका कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठ,जनजिविका होटल प्रोपाईटर राजाराम सिलवाल लगायतको सहभागीता रहेको थियो ।

तराई समस्यामा परेकाहरुको सहयोगको लागि गरिएको आहनमा गरिएको सक्रिय सहभागीता जनाई सहयोग गर्नु हुनेहरु प्रति गैसस महासंघ नेपाल जिल्ला शाखा धादिङले धन्यावाद ज्ञापन गरेको छ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको