Like us!
Follow us!
Connect us!
Watch us!

७० वटा विद्युत् पोल ढल्यो, ५८ हजार ग्राहक प्रभावित , चालीस लाखको क्षति

मंगलबार, ०६ भदौ २०७४, १४ : ४८ मा प्रकाशित

७० वटा विद्युत् पोल ढल्यो, ५८ हजार ग्राहक प्रभावित , चालीस लाखको क्षति

अर्थ संसार, सप्तरी– हालै आएको बाढीका कारण विद्युत् वितरण केन्द्र राजविराजमा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।

वितरण केन्द्रका कार्यालय प्रमुख रामउदगार साहकाअनुसार छवटा विद्युत् ट्रान्सफर्मर पूर्णरुपमा जलेका, ७० वटा विद्युत् पोल ढल्नुका साथै विद्युत् तारमासमेत क्षति भएको थियो ।

विद्युत् विच्छेद हुँदा करिब ५८ हजार ग्राहक प्रभावित भएका थिए । ठाउँ ठाउँमा पोल र तार खस्दा तथा ट्रन्सफर्मरमा आगो लागेर क्षति हुँदा त्यसलाई पुनः व्यवस्थित गर्न वितरण केन्द्रलाई धौधौ परेको थियो । अहिले विभिन्न ठाउँमा विद्युत् मर्मत भइरहेको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

हाइड्रोपावरमा लगानी गर्ने अवसर ! सिद्धकाली पावर कम्पनीले निर्माण गरिरहेको ‘७५ मेगावाटको त्रिशुली गल्छी’ आयोजनामा संस्थापक सेयर खुल्यो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको