Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सामान्य सुधार, फाइनान्समा लगानीकर्ताको आकर्षण

नेप्से

मंगलबार, १३ मंसिर २०७९, १५ : ०३ मा प्रकाशित

नेप्सेमा सामान्य सुधार, फाइनान्समा लगानीकर्ताको आकर्षण

आज (मंगलबार) सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक बढ्दा फाइनान्समा लगानीकर्ताको आकर्षण देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.९९ अंकले बढेर १९५३.३५ विन्दुमा पुगेकाे छ । नेप्से ०.१५ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.०८ अंकले बढेर ३८२.६९ विन्दुमा पुगेको छ । 

कूल २३४ वटा कम्पनीकाे २५ लाख ८९ हजार ९ सय ९७ कित्ता सेयर खरिदबिक्री हुँदा ९५ करोड ७० लाख ६० हजार २ सय २५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ ।

मंगलबार पनि हिमालयन डिष्टीलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ९ कराेड ७२ लाख ७५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक बढेकाे छ ।  कम्पनीकाे सेयरमूल्य ६.१० प्रतिशतले बढेर २ सय ६६ रूपैयाँ पुगेकाे छ । 

यस दिन एनआईसी एशिया ब्यालेन्स फण्डकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ४.६० प्रतिशतले घटेर ८ रूपैयाँ ५१ पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको