Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा उतारचढाव, लगानीकर्ता 'पर्ख र हेर' काे अवस्थामा

नेप्से

बुधबार, १४ मंसिर २०७९, १५ : ०६ मा प्रकाशित

सेयर बजारमा उतारचढाव, लगानीकर्ता 'पर्ख र हेर' काे अवस्थामा

आज (बुधबार) नेप्से परिसूचक झिनाे अंकले घटेकाे छ । सेयर बजारमा उतारचढाव आउँदा लगानीकर्ता 'पर्ख र हेर' काे अवस्थामा देखिएका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३.५१ अंकले घटेर १९४९.८५ विन्दुमा पुगेकाे छ । नेप्से ०.१८ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि ०.८५ अंकले घटेर ३८१.८४ विन्दुमा झरेको छ । 

कूल २३८ वटा कम्पनीकाे २३ लाख ५५ हजार ८ सय ४५ कित्ता सेयर खरिदबिक्री हुँदा ८४ करोड २६ लाख ९५ हजार ३ सय १ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे सेयर घटेकाे छ भने बाँकी २ वटा उपसमूहकाे सेयर बढेको छ । लघुवित्त समूह र व्यापार समूह मात्र बढेकाे हाे । 

आज पनि हिमालयन डिष्टिलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ४ कराेड ७९ लाख ३४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

बुधबार ग्रीन लाइफ हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ४.१७ प्रतिशतले बढेर प्रतिकित्ता २ सय ५० रूपैयाँ पुगेकाे छ । 

आज लक्ष्मी इक्विटी फण्डकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ५.७६ प्रतिशतले घटेर ७ रूपैयाँ ३६ पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको