Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्याे आदर्श लघुवित्तकाे काराेबार फुकुवा

अर्थ संसार

बुधबार, १४ मंसिर २०७९, १५ : ३७ मा प्रकाशित

नेप्सेले गर्याे आदर्श लघुवित्तकाे काराेबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । अब भाेलि (बिहीबार) बाट दाेश्राे बजारमा संस्थाकाे काराेबार खुल्नेछ । 

नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ । 

चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १० भरतपुरमा रजिष्टर्ड कार्यालय रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ बनेपामा रजिष्टर्ड कार्यालय रहेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्नको लागि यही असोज १४ गते शुक्रबार प्राप्ति (एक्विजिशन) सम्बन्धी प्रारम्भिक समझदारी (MOU) पत्रमा हस्ताक्षर भएको थियाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

6387289d3c671.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको