Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से उकालो यात्रामा : परिसूचकसँगै बढ्यो कारोबार रकम

नेप्से

विहीबार, १५ मंसिर २०७९, १५ : १४ मा प्रकाशित

नेप्से उकालो यात्रामा : परिसूचकसँगै बढ्यो कारोबार रकम

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१.०६ विन्दुमा पुगेकाे छ । नेप्से ०.५८ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.८२ अंकले बढेर ३८३.६६ विन्दुमा पुगेकाे छ । 

कूल २४१ वटा कम्पनीकाे ३८ लाख ६५ हजार ९ सय ६१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३२ करोड २९ लाख ७२ हजार एक सय ८५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

काराेबार भएकाे १३ उपसमूहमध्ये ३ वटा उपसमूहकाे सेयर घटेकाे छ बाँकी सबै उपसमूह उकालाे लागेका छन् । सबैभन्दा धेरै लाइफ इन्स्याेरेन्स समूह बढेकाे छ । 

आज नबिल बैंक लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १४ कराेड ४५ लाख ५६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

यस्तै, धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ९२ रूपैयाँ ६० पैसा पुगेकाे छ ।

त्यसैगरी, यस दिन सिटिजन्स म्युचुअल फण्ड १ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ३.६४ प्रतिशतले घटेर ७ रूपैयाँ ९५ पैसामा झरेकाे छ  ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको