Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सुधारकाे संकेत : नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम

नेप्से

आइतबार, १८ मंसिर २०७९, १५ : ०४ मा प्रकाशित

सेयर बजारमा सुधारकाे संकेत : नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम

सेयर बजारमा सुधारकाे संकेत देखिएकाे छ । बजार स्थिर रूपमा बढिरहँदा काराेबार रकम पनि बढ्दाे क्रममा छ । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.१६ अंकले बढेर १९६३.२२ विन्दुमा पुगेकाे छ । नेप्से ०.११ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.१७ अंकले बढेर ३८४.८३ विन्दुमा पुगेकाे छ । 

कूल २४३ वटा कम्पनीकाे ३६ लाख ९४ हजार ८४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५६ करोड १७ लाख २ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी ४ वटा उपसमूहकाे सेयर घटेकाे हाे । 

आइतबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १९ कराेड ८० लाख ६७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकाारत्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ३ सय २१ रूपैयाँ ८० पैसा पुगेकाे छ ।

यस दिन नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त संस्थाकाे सेयरमूल्य ६.११ प्रतिशतले घटेर ३ हजार ३ सय ९४ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको