Like us!
Follow us!
Connect us!
Watch us!

देउवा र मोदीले गर्दैछन् दुई प्रसारण लाइनको संयुक्त उद्घाटन,भारतबाट थप १०० मेगावाट विद्युत् आउँदै

बुधबार, ०७ भदौ २०७४, १५ : ५१ मा प्रकाशित

देउवा र मोदीले गर्दैछन् दुई प्रसारण लाइनको संयुक्त उद्घाटन,भारतबाट थप १०० मेगावाट विद्युत् आउँदै

अर्थ संसार, काठमाडौँ– रधानमन्त्री शेरबहादुर देउवाको आजदेखि सुरु भएको भारत भ्रमणका बेला नेपाल भारत सीमामा निर्माण भएका दुई महत्वपूर्ण नयाँ प्रसारण लाइनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणकाअनुसार रक्सौल–परवानीपुर र कुशाहा–कटैया १३२ केभी क्षमताका प्रसारण लाइन उद्घाटनको कार्यक्रम रहेको छ ।

उक्त दुई १३२ केभीका प्रसारण लाइनबाट विद्युत आयात गर्ने गरी उदघाटनको तयारी गरिएको हो । नेपाल विद्युत प्राधिकरणले त्यहाँबाट आगामी हिउँदमा लोडसेडिङ अन्त्यका लागि ५०र ५० मेगावाट विद्युत आयात गर्ने योजना बनाएको छ । यी लाइनको निर्माण पूरा भइसकेको छ ।

ती दुई लाइनबाट हिउँदमा विद्युत आयात गर्ने प्राधिकरणको तयारी रहे पनि भारतीय पक्ष प्रधानमन्त्रीको भ्रमणका बेला नै उदघाटन गर्ने योजनामा छ ।

यसअघि ढल्केबर–मुजफ्फरपुर ४ सय केभी प्रसारण लाइनको उदघाटन पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला (२०७२ फागुन ७ गते) भएको थियो ।

प्राधिकरणले गत वर्ष हिउँदमा विद्युतको उच्च माग हुँदा करिब ३ सय ९५ मेगावाटसम्म आयात गरेको थियो । चालु वर्षको हिउँदमा ५ सय मेगावाट आयात गर्ने तयारी भइरहेको छ । यसका लागि सिमानाका प्रसारण लाइन मर्मत तथा स्तरोन्नती गर्ने काम भइरहेको छ ।

भारतले उक्त दुईसहित आधा दर्जन ठूला प्रसारण लाइनबाट नेपालले विद्युत लैजान सक्ने जनाएको छ । नेपालमा बढी उत्पादन हुँदा ती लाइनबाट भारतमा निर्यात गर्न सक्ने भारतीय अधिकारीको भनाइ छ ।

प्रधानमन्त्री देउवाको पाँच दिने भ्रमण (बुधबारदेखि आइतबारसम्म) मा ५ हजार मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, ९र९ सय मेगावाटका माथिल्लो कर्णाली र अरुण तेस्रोमा देखिएका समस्याबारे पनि छलफल गर्ने तयारी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको