Like us!
Follow us!
Connect us!
Watch us!

आइतबारको वृद्धि नेप्सेमा टिकेन, दाेहाेराे अंककाे गिरावट

नेप्से

सोमबार, १९ मंसिर २०७९, १५ : ०२ मा प्रकाशित

आइतबारको वृद्धि नेप्सेमा टिकेन, दाेहाेराे अंककाे गिरावट

आज (साेमबार) फेरि सेयर बजारले ओरालो यात्रा नै तय गरेकाे छ । बजार दाेहाेराे अंकले घटेकाे हाे । आइतबार वृद्धि देखिएकाे बजार साेमबार फेरि घटेकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २४.४६ अंकले घटेर १९३८.७६ विन्दुमा झरेकाे छ । नेप्से १.२५ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ५.१९ अंकले घटेर ३७९.६४ विन्दुमा झरेको छ । 

कूल २४० वटा कम्पनीकाे ४१ लाख २७ हजार २ सय ८६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६७ करोड ४ लाख ५५ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ । 

त्यसैगरी, साेमबार काराेबार रकममा रिडी पावरले अग्रता कायम गरेकाे छ । कम्पनीकाे ३० कराेड ८३ लाख ५७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज सयपत्री हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ३.१२ प्रतिशतले बढेर ३ सय ६४ रूपैयाँ पुगेकाे छ ।

 

यस दिन अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.३७ प्रतिशतले घटेर ४ सय १५ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको