Like us!
Follow us!
Connect us!
Watch us!

युनिलिभर नेपालको साधारणसभा आज, १२१५ प्रतिशत लाभांश सहित यी प्रस्ताव पारित हुने

अर्थ संसार

मंगलबार, २० मंसिर २०७९, ०६ : ३८ मा प्रकाशित

युनिलिभर नेपालको साधारणसभा आज, १२१५ प्रतिशत लाभांश सहित यी प्रस्ताव पारित हुने

युनिलिभर नेपाल लिमिटेडको २९ औँ वार्षिक साधारणसभा आज मंसिर २० गते मंगलबार होटल एभरेष्ट, नयाँ बानेश्वरमा दिउँसो साढे ४ बजेदेखि सुरु हुँदैछ ।

सभाले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १२१५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । साथै सभाले नयाँ सञ्चालकहरुको समेत चयन गर्नेछ ।  

लाभांश र सभा प्रयोजनका लागि कम्पनी मंसिर ४ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियाे त्यसैले मंशिर ४ गतेभन्दा अगाडी सेयर किन्ने सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको