Like us!
Follow us!
Connect us!
Watch us!

विन नेपाल लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

अर्थ संसार

मंगलबार, २० मंसिर २०७९, १० : ४५ मा प्रकाशित

विन नेपाल लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएकाे छ । संस्थाले एफपीओ निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्टलाई नियुक्त गरेको छ । 

संस्थाले प्रति सेयर अंकित मूल्य एक सय रुपैया दरमा ५१ हजार २ सय ९३ कित्ता साधारण सेयर प्रचलीत कानून बमोजिम अकिंत मुल्य मा प्रिमियम थप गरी थप सार्वजनिक निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हाे ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालय हात्तिसार, काठमाण्डौमा आयोजित एक समारोहबिच  नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत वसन्त बहादुर शाक्यले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको