Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

बुधबार, ०७ भदौ २०७४, १७ : ५७ मा प्रकाशित

नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

अर्थ संसार, काठमाडौँ–साफ यु–१५ च्याम्पियन्सिपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको छ । जितसँगै भारत समूह बीको समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० कम्लेक्सको खेल मैदानमा आज भएको खेलमा भारतका कप्तान विक्रम प्रताप सिंहले २७ औँ मिनेटमा गोल गर्दै आफ्नो मुलुकलाई अग्रता दिलाएका थिए । नेपालले ४१ औँ मिनेटमा रोशन राना मगरकोे गोलबाट खेललाई बराबरीमा पु¥याए ।

पहिलो हाफ एक÷एक गोलको बराबरीमा रोकिए पनि ६५ औँ मिनेटमा भारतका रवीबहादुर राणाले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल भारतले २–१ गोल अन्तरले जित्यो ।

नतिजासँगै नेपाल समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको