Like us!
Follow us!
Connect us!
Watch us!

सरकार गठन अन्यौलताले सेयर बजार प्रभावित

नेप्से

मंगलबार, २० मंसिर २०७९, १५ : ३४ मा प्रकाशित

सरकार गठन अन्यौलताले सेयर बजार प्रभावित

सरकार गठन अन्यौलताले सेयर बजार प्रभावित बनेकाे छ । आज (मंगलबार) पनि नेप्से परिसूचक घटेकाे छ । 

निर्वाचनको अन्तिम परिणाम करिब करिब आइसकेको भएता पनि अहिलेसम्म सरकार गठनमा भने अन्योतलता नै देखिएको छ । वर्तमान सत्ता गठबन्धको बहुमत नपुगेपछि सरकार गठनमा अन्योलता देखिएको छ जसको प्रत्यक्ष प्रभाव सेयर बजारमा समेत देखिएको छ । सरकार कसको नेतृत्वमा बन्छ र अर्थमन्त्रालयमा को आँउछ भन्ने अन्योलताको प्रभाव सेयर बजारमा पनि देखिएको छ । कतै अब पनि अर्थमन्त्रीका रुपमा माओवादी नै आउने होकी भन्ने त्रास लगानीकर्ताहरुमा देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४.८७ अंकले घटेर १९३३.८८ विन्दुमा पुगेकाे छ । नेप्से ०.२५ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि १.५६ अंकले घटेर ३७८.०८ विन्दुमा झरेको छ । 

कूल २३८ वटा कम्पनीकाे २५ लाख ८१ हजार ४ सय २५ कित्ता सेयर खरिदबिक्री हुँदा ९६ करोड ५२ लाख १० हजार ८ सय ९९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे सेयर घटेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे सेयर बढेको छ । 

आज शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ८ कराेड १२ लाख ३४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

मंगलबार धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.१७ प्रतिशतले बढेर प्रतिकित्ता ३ सय ४८ रूपैयाँ १० पैसा पुगेकाे छ । 

आज एनएमबी बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ६.०७ प्रतिशतले घटेर २ सय ३६ रूपैयाँ ७० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको