Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दर्ता

बुधबार, ०७ भदौ २०७४, २१ : ०९ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दर्ता

अर्थ संसार, काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई राजनीतिक दलका रुपमा दर्ता गरेको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले राजनीतिक दलसम्बन्धी ऐन, ०७३ अनुसार दल दर्ता गरिएको जानकारी दिनुभयो । आयोगले सर्वोच्च अदालतको आदेशपछि उक्त दललाई दर्ता गर्ने निर्णय गरेको जनाइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले गत साउन २२ गते आवश्यक केन्द्रीय सदस्यको दस्तखतसहित दल विभाजनका लागि आयोगमा निवेदन दिनुभएको थियो ।

उक्त निवेदनसँग समावेश गरिएका नेताको दस्तखत सनाखतका लागि आयोगले सो पार्टीलाई आग्रह गरेकामा नेता राणाले दल दर्ताको माग गर्दै अदालतमा रिट हाल्नुभएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का नेता राजाराम श्रेष्ठका अनुसार २० सांसद तथा ६९ केन्द्रीय सदस्य उक्त पार्टीमा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको