Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले घट्याे सेयर बजार, काराेबार रकम भने बढ्याे

नेप्से

बुधबार, २१ मंसिर २०७९, १५ : १२ मा प्रकाशित

दाेहाेराे अंकले घट्याे सेयर बजार, काराेबार रकम भने बढ्याे

सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । काराेबार रकम भने अघिल्लाे दिनकाे तुलनामा बढेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा पुगेकाे छ । नेप्से ०.८६ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि ४.४४ अंकले घटेर ३७३.६४ विन्दुमा झरेको छ । 

कूल २४६ वटा कम्पनीकाे ८० लाख ९२ हजार ७ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५ सय ५० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाेटल तथा पर्यटन उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेकाे छ । 

आज सानिमा बैंक लिमिटेडकाे संस्थापक सेयरकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे संस्थापक सेयरकाे ६७ कराेड २ लाख ९३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

बुधबार खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.०९ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ४० रूपैयाँ ५० पैसा पुगेकाे छ । 

आज नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य ९.९९ प्रतिशतले घटेर ७ सय ७९ रूपैयाँ ३० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको