Like us!
Follow us!
Connect us!
Watch us!

भोली उपचारका लागि ओली थाइल्याण्ड जाँदै

विहीबार, ०८ भदौ २०७४, २० : १८ मा प्रकाशित

भोली  उपचारका लागि ओली थाइल्याण्ड जाँदै

अर्थ संसार, काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य उपचार गराउनका लागि शुक्रबार थाइल्याण्ड जाँदै हुनुहुन्छ ।

थाइ एयरवेजको विमानबाट शुक्रबार दिउँसो १ बजे उहाँले नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डस्थित बैंकक जान थाल्नुभएको अध्यक्ष ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य पनि त्यसतर्फ जानु हुनेछ । यही भदौं १४ गते उहाँ स्वदेश फर्कने कार्यक्रम रहेको स्वकीय सचिव दाहालले बताउनुभयो ।

नियमित स्वास्थ्य उपचारका लागि उहाँ ६/६ महिनामा बैंकक जाने गर्नुभएको छ । यसअघि जेठमा उहाँ उपचारका लागि बैंकक जानुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको