Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न नेपाल एसबिआई बैंकले डाक्यो साधारणसभा, सञ्चालकहरुको भत्ता बृद्धिको प्रस्ताव

अर्थ संसार

सोमबार, ०४ पुस २०७९, ०७ : २७ मा प्रकाशित

लाभांश पारित गर्न नेपाल एसबिआई बैंकले डाक्यो साधारणसभा, सञ्चालकहरुको भत्ता बृद्धिको प्रस्ताव

नेपाल एसबिआई बैंक लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको संचालक समितिको बैठकले बैंकको २९ औँ वार्षिक साधारणसभा पुस २५ गते बिहान ११ बजेदेखि त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमांडौमा संचालन गर्ने निर्णय गरेको हो ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत बोनश सेयर र ७.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभा)श वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । त्यस्तै सभाले मर्जर तथा एक्विजिसन प्रक्रिया अगाडी बढाउन संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ । साथै सभाले सञ्चालकहरुको बैठक भत्ता बृद्धिको प्रस्ताव सेमत पारित गर्नेछ । 

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस १३ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको