Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारी आन्दोलनमा उत्रिँदा नेपाल लाईफको काम ठप्प, सेवाग्राही मर्कामा !

अर्थ संसार

मंगलबार, ०५ पुस २०७९, १० : ५९ मा प्रकाशित

कर्मचारी आन्दोलनमा उत्रिँदा नेपाल लाईफको काम ठप्प, सेवाग्राही मर्कामा !

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरू आन्दोलनमा उत्रिँदा कार्यालयको काम ठप्प भएको छ ।

कम्पनीका कर्मचारीहरू विरोधमा उत्रिँदा उच्च तहले भने बेवास्ता गरेको पाइएको छ । कम्पनीको प्रमुख कार्यालयबाट हुने काम प्रभावित बनेपछि सेवाग्राहीहरू मर्कामा परेका छन् । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र कर्मचारी युनियनले श्रमजीवी कर्मचारीहरुको वृत्तीविकासमा नै प्रत्यक्ष असर गर्ने गरी ल्याइएको केपिआइ ‘प्रमुख प्रदर्शक सूचक’ खारेजको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । 

युनियनले आज दोस्रो दिनको विरोध कार्यक्रमलाई निरन्तरता दिँदै सम्पुर्ण विभागीय प्रमुख तथा व्यवस्थापन टोलीहरुलाई दिउँसो एक बजेसम्मका लागि कार्यकक्ष प्रवेशमा रोक लगाउने तय गरेका हुन् । यसका साथै, उपत्यकाका सम्पुर्ण शाखा प्रमुखसहितको प्रधान कार्यालयको प्राङ्गणमा शान्तिपुर्ण धर्ना कार्यक्रम गर्ने भएका छन् ।

यतिबेला प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र कर्मचारीहरूबीच वार्ता भइरहेकाे छ । तर पनि कम्पनीकाे काम राेकिँदा सेवाग्राही भने मर्कामा छन् ।

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको