Like us!
Follow us!
Connect us!
Watch us!

कतारका राजदूत र राष्ट्रिय सभा अध्यक्ष कुश्माको स्काई क्याफेमा

अर्थ संसार

बुधबार, ०६ पुस २०७९, १७ : १८ मा प्रकाशित

कतारका राजदूत र राष्ट्रिय सभा अध्यक्ष कुश्माको स्काई क्याफेमा

नेपालका लागि कतारका राजदूत यूसुफ बिन मोहम्मद अल हैल मंगलबार कुश्माको द क्लिफ पुगेका छन् । उनी राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँगैको टोलीसहित कुश्मा पुगेका हुन् ।

उनीहरुले त्यहाँ स्काई क्याफेको मज्जा लिए । राजदूतको टोलीले झन्डै दुई घण्टा द क्लिफमा बिताएको अध्यक्ष राजु कार्कीले बताए । साथै कुश्मा पुगेका राजदूत हेलले त्यहाँका स्थानीय निकायसँग पनि भेटघाट गरेका थिए ।

पछिल्लो समय कुश्मा साहसिक पर्यटकीय गन्तव्य बन्दै गएको छ । त्यहाँ बन्जी जम्प, स्काई साइक्लिङ, स्काई क्याफे, स्वीङलगायतका साहसिक खेलका लागि देश तथा देशबाहिरका पर्यटकहरूको घुँइचो लाग्ने गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको