Like us!
Follow us!
Connect us!
Watch us!

आँधिखोला लघुवित्तले सेयरधनीलाई ३० % बोनस घोषणा

अर्थ संसार

सोमबार, ११ पुस २०७९, १० : ५३ मा प्रकाशित

आँधिखोला लघुवित्तले सेयरधनीलाई ३० % बोनस  घोषणा

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांस घोषणा गरेको छ। 

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको