Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी बजार सरकारको प्राथमिकतामा परेसँगै नेप्सेमा उछाल

नेप्से

मंगलबार, १२ पुस २०७९, १५ : ०७ मा प्रकाशित

पूँजी बजार सरकारको प्राथमिकतामा परेसँगै नेप्सेमा उछाल

पूँजी बजार सरकारको प्राथमिकतामा परेसँगै नेप्सेमा उछाल देखिएकाे छ ।

 प्रचण्ड नेतृत्वमा बनेको नयाँ मन्त्री परिषदकाे पहिलाे बैठकले पूँजीबजारलाई महत्व दिएको छ । सोमबार साँझ बसेको नयाँ मन्त्रीपरिषदकाे पहिलाे बैठकले पूँजी बजारमा आएको गिरावटलाई सम्बाेधन गरी अर्थतन्त्रलाई गतिशिल बनाउने निर्णय गरेको हो । बैठकमा अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर विदेशी मुद्राको संचितिमा परेको दवाव तथा पूँजी बजारमा आएको गिरावटलाई सम्बाेधन गरी अर्थतन्त्रलाई गतिशिल बनाउने निर्णय गरिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा पुगेकाे छ । नेप्से ३.११ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि १०.६० अंकले बढेर ३८६.०५ विन्दुमा पुगेकाे छ ।

कूल २६१ वटा कम्पनीकाे एक कराेड २० लाख २९ हजार ६ सय ३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै लगानी समूह बढेकाे छ । 

मंगलबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे २० कराेड ८८ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज पनि आधा दर्जन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सिद्धार्थ इन्स्याेरेन्स, मल्टीपर्पस फाइनान्स, अजाेड इन्स्याेरेन्स, धौलागिरी लघुवित्त लगायतको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस दिन आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य २.६३ प्रतिशतले घटेर एक हजार ५ सय ८९ रूपैयाँमा झरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको