Like us!
Follow us!
Connect us!
Watch us!

दिनभरका १० आर्थिक खबर

अर्थ संसार

बुधबार, १३ पुस २०७९, २३ : २० मा प्रकाशित

१. युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४५५३ प्रतिशत नगद  लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

२. तरलतामा सुधारकाे संकेत देखिएकाे छ । पुसकाे पहिलाे साता वाणिज्य बैंकहरुको निक्षेप संकलन २० अर्बले बढेर ४६ खर्ब ४५ अर्ब पुगेको छ ।  बैंकहरूकाे कर्जा प्रवाह पनि एक अर्बले बढेर ४२ खर्ब २३ अर्ब पुगेको छ । पुसकाे पहिलाे साता बैंकहरुको औसत सिडी रेसियो ८६.०६ प्रतिशत रहेको नेपाल बैंकर्स एसोसिएसनले जनाएकाे छ ।  

३. लगानीकर्ताहरूले नाफा बुक गर्दा सेयर बजारमा करेक्सन आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.८१ अंकले घटेर १९७२.१५ विन्दुमा झरेकाे छ । नेप्से ०.६० प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ४.७२ अंकले घटेर ३८१.३२ विन्दुमा झरेको छ ।  कूल २५७ वटा कम्पनीकाे ६५ लाख ३० हजार ४ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २ सय ७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

४. रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रूस-युक्रेन युद्ध समाधान गर्न रूस तयार भएकाे बताएका छन् ।  पुटिनले आईतबार रोसिया वान स्टेट टेलिभिजनमा एक अन्तरवार्ताका बीच रूस गत फेब्रुअरी २४ देखि चलिरहेको युद्धमा संलग्न सबै पक्षसँग वार्तामा संलग्न गर्न तयार रहेको बताएका हुन् ।

५. सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरेका छन्। पूँजी बजार निकै असहज अवस्थामा रहेको जानकारी गराउन आफूले पौडेललाई भेटेको उनले बताए। साे भेटमा मन्त्री पाैडेलले सेयर धितोकर्जामा लगाईएको १२ करोडको सिमा हटाउन पहल गर्ने आश्वासन दिएका छन् ।

६. माण्डु हाइड्रोपावर कम्पनी लिमिटेडले प्रिमियममा आईपीओ निष्कासन गर्न नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि १६ लाख ३६ हजार ३ सय ७ कित्ता आईपीओ निष्कासन गर्न पुस ११ गते, साेमबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा १४८ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २ सय ४८ रूपैयाँमा आईपीओ निष्कासन गर्न लागेकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

७. नेपाल राष्ट्र बैंकले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश स्विकृत गरेकाे छ । संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । साेही लाभांश राष्ट्र बैंकबाट स्विकृत भएकाे हाे ।

८. नेप्सेमा एनसीसी बैंककाे काराेबार राेक्का हुने भएकाे छ । कुमारी बैंकसँग एकीकृत कारोबारकाे मिति ताेकिएसँगै एनसीसी बैंकको सेयर कारोबार पुस १७ गतेदेखि १५ दिनका लागि रोक्का हुने भएको हाे ।

९. सुनकाे मूल्य ताेलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर  १४ सय  रुपैयाँ कायम रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको