Like us!
Follow us!
Connect us!
Watch us!

ब्राण्डिङ्गको नाममा बैंकको अरबौं लगानी मर्जरपछि स्वाहा !

धिरज पौड्याल

शुक्रबार, १५ पुस २०७९, २१ : २८ मा प्रकाशित

ब्राण्डिङ्गको नाममा बैंकको अरबौं लगानी मर्जरपछि स्वाहा !

२०७३ पछिका बैङ्क तथा वित्तीय संस्थाहरुको मर्जर र एक्विजिशनको संख्या १५० बढी छ। कम्पनीको मर्जरपछि कालान्तरमा अर्को कम्पनीको परिचय विस्तारै हट्दै जान्छ भने एक्विजिशन पछि त तत्कालै कम्पनीको परिचय हराउँछ। कम्पनीले आफ्नो परिचय बजारमा स्थापित (Branding) गर्न वर्षेनी गर्ने अर्बौ  लगानी मर्जर र एक्विजिशनले खरानी बनाइरहेको छ। 

मर्जर र एक्विजिशनलाई रिब्राण्डिङ्गको सुनौलो अवसरको रुपमा लिने गरिन्छ, तर नेपालको पछिल्लो केही वर्षको तथ्यांकलाई हेर्दा कम्पनीहरु यस हिसाबमा मर्जरमा गइरहेका छन कि केही वर्षमा नै मर्जरपछि नयाँ बनेको कम्पनी पुनः मर्जर र एक्विजिशनको प्रक्रियामा गएका छन्। मर्जर पछिको मर्जरका कम्पनीको परिचय केही वर्षभित्रै दस्तावेजमा मात्र सीमित रहन्छ, २/४ वर्ष पछि कम्पनीको परिचय लोप भइसक्छ, ब्राण्डिङ्गका लागि कम्पनीहरुले गरेको अरबौंको खर्च केवल अर्को कम्पनीमा गएर गाभिनुमा मात्र सीमित रहन्छ। 

बढदो संख्यामा रहेका बैङ्क तथा वित्तीय संस्थालाई सबल बनाउन सम्बन्धित निकायले मर्जरको प्रक्रिया सुरु गरेको थियो। पछिल्लो दशकयता बैङ्क, फाइनान्स, इन्स्योरेन्सको मर्जर तथा एक्विजिशन उच्च रूपमा देखिएको छ, सबैभन्दा बढी वाणिज्य बैंकहरु मर्जर तथा एक्विजिशनमा गएका छन्। हालका २६ वटा बैङ्कको मर्जर इतिहासलाई हेर्दा विभिन्न फाईनान्स, विकास बैंक र वाणिज्य बैङ्कहरु एक आपसमा गाभिएका छन्। 

अहिले कै उदाहरण हेर्ने हो भने प्रभु बैंकले सेन्चुरी बैंकलाई प्राप्ति गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको छ। अबको केही महिनामा अहिले नेपाली बजारमा राम्रो परिचय बनाएको सेन्चुरी कमर्सियल बैंकको परिचय केहि महिनासम्म स्थापित रहन्छ, प्रभु बैंकले अर्को मर्जर वा एक्विजिशनको निर्णय लिएमा सेन्चुरी बैंकको परिचय पहिला प्रभु बैंकले प्राप्ति गरेको बैंकमा मात्र सीमित हुनेछ, परिचय विस्तारै हराउँदै जानेछ, त्यस्तै विभिन्न विकास बैंक तथा फाईनान्स एबम् वाणिज्य बैङ्कसँग जोडिएर बनेको ग्लोबल आईएमई बैंकको परिचय मात्र अहिले छ, ब्रण्डिङमा करोडौ लगानी गरेका ती कम्पनीको आफ्नो परिचय अहिले कहाँ छ कसैलाई थाहा छैन।

मर्जर पूर्व एकातिर कम्पनीका लगानी स्वाहा भए, अर्को तर्फ मर्जरपछि कति कम्पनीका नाम लोगो परिवर्तन हुदा, फेरि ब्यापार बढाउनु पर्ने चुनौती एकातिर भने ब्राण्डिङ गर्ने पर्ने र अझ करोडौ खर्चिन पर्ने चुनौती थिपिएकै छ। 

यी र यस्ता उदाहरणहरू धेरै छन्, एकोहोरो कम्पनीहरु मर्जमा जाँदा कम्पनी स्ट्रेटेजीक रूपमा एक भएतापनि कम्पनीको ब्राण्डिङको एक हुन सक्दैन, पूर्व परिचय केही अवधिलाई काम गर्दा तर कालान्तरमा त्यो ब्राण्डिङको लगानी सुन्य हुन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको