आर्थिक वर्ष २०८२/८३ का लागि हालसम्म ९ वटा हाइड्रोपावर कम्पनीहरूले लाभांश घोषणा गरेका छन्। यी कम्पनीहरूले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्न लागेको लाभांश घोषणा गरेका हुन्।
हालसम्म लाभांश घोषणा गर्ने कम्पनीहरू सेञ्चुरी इनर्जी, माउन्टेन इनर्जी,भगवती हाइड्रोपावर,मिड सोलु हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर,अरुण भ्याली हाइड्रोपावर, सिङगटी हाइड्रो इनर्जी, हिलटन हाइड्रो इनर्जी र युनिभर्सल पावर कम्पनी रहेका छन् ।
सेञ्चुरी इनर्जीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई कुल ३५% लाभांश वितरण गर्ने जनाएको छ। जसमा कम्पनीले २५% बोनस सेयर र कर प्रयोजन सहित १०% नगद लाभांश वितरण गर्नेछ।
माउन्टेन इनर्जी नेपालले आफ्ना सेयरधनीहरूलाई कुल २१.०५२६% लाभांश वितरण गर्ने जनाएको छ। जसमा कम्पनीले २०% नगद लाभांश र १.०५२६% बोनस सेयर वितरण गर्नेछ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १७ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरू मात्र लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।
भगवती हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई कुल २०% लाभांश वितरण गर्ने जनाएको छ। जसमा कम्पनीले १४% बोनस सेयर र कर प्रयोजन सहित ६% नगद लाभांश वितरण गर्नेछ।
मिड सोलु हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई कुल १५.७८९% लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमा कम्पनीले १५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९% नगद लाभांश वितरण गर्नेछ। कम्पनीले बुक क्लोज मिति हाल तय गरेको छैन। सिक्लेस हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई कुल १५.७८९% लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमा कम्पनीले १५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९% नगद लाभांश वितरण गर्नेछ। कम्पनीले बुक क्लोज मिति तय गरेको छैन।
अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई कुल ८.४२१% लाभांश वितरण गर्ने जनाएको छ। जसमा कम्पनीले ८% बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१% नगद लाभांश वितरण गर्नेछ। कम्पनीले बुक क्लोज मिति तय गरेको छैन।
सिङगटी हाइड्रो इनर्जीले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट कुल ५% बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले बुक क्लोज मिति हाल तय गरेको छैन। हिलटन हाइड्रो इनर्जीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई कुल ५.२६३% नगद लाभांश वितरण गर्ने जनाएको छ। युनिभर्सल पावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई कुल ९% बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७% नगद लाभांश वितरण गर्ने जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस