एनआईसी एशिया बैंक लिमिटेडले कात्तिक महिनाका लागि निक्षेपको ब्याजदर घटाएको छ।
बैंकले कात्तिकका लागि व्यक्तिगत मुद्दति निक्षेपमा तीन महिनादेखि छ महिनामुनिको अवधिका लागि २.७५ प्रतिशत, छ महिनादेखि १२ महिनामुनिको लागि ३ प्रतिशत, १२ महिनाका लागि ३.३० प्रतिशत, १२ देखि २४ महिनाका लागि ३.५० प्रतिशत, २४ महिनादेखि ६० महीनाभन्दा मुनिका लागि ४ प्रतिशत र ६० महीनादेखि माथिका लागि ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
संस्थागत मुद्दति निक्षेपतर्फ भने बैंकले छ महिनादेखि ३६ महिनासम्मको अवधिका लागि २.७५ प्रतिशत, ३६ देखि ६० महिनासम्मका लागि ३ प्रतिशत, र ६० महिनाभन्दा माथिका लागि ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ। बचत खातातर्फ बैंकले ‘साथि बचत खाता’मा ३.२५ प्रतिशत र अन्य बचत खातामा २.७५ प्रतिशत ब्याजदर लागू गरेको छ।
यसअघि असोज महिनामा बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६ प्रतिशत र संस्थागत निक्षेपमा अधिकतम ५ प्रतिशत ब्याजदर प्रदान गर्दै आएको थियो। बचत खातामा भने सोही दर अर्थात् २.७५ प्रतिशत ब्याजदर कायम गरिएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस