Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थ संसार

आइतबार, २३ कार्तिक २०८२, १० : ३४ मा प्रकाशित

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । 

बैंकले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ३ प्रतिशत बोनस सेयर रहेको छ भने १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ । कात्तिक २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको