Like us!
Follow us!
Connect us!
Watch us!

दोश्रो स्विजरल्याण्डको सम्भावना बोकेको बाजुरा : पर्यटन प्रवर्द्धन गर्न उचित लगानीकर्ताको खोजी

अर्थ संसार

शुक्रबार, १५ पुस २०७९, १५ : ५२ मा प्रकाशित

दोश्रो स्विजरल्याण्डको सम्भावना बोकेको बाजुरा : पर्यटन प्रवर्द्धन गर्न उचित लगानीकर्ताको खोजी

बाजुराले पर्यटकिय हिसाबले विश्वकै दोश्रो स्विजर्ल्याण्डको सम्भावना बोकेको छ । खप्तडदेखि राराको ट्रेकिङ् रुट को ७० प्रतिशत भूमी ओगटेको बाजुरा जिल्लालाई ऐतिहासिक गढीहरु खप्तड रामारोशन बैजनाथ अपिसैपाल जोडी ऐतिहासिक र धार्मिक पहिचान मार्फत पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएकाे छ ।

साेही लक्ष्य बाेकी याे वर्ष बडिमालिका यात्रा वर्ष भनेर केही बजेट बिनियोजन गरी नितिगत ढंगले पर्यटन बोर्ड पर्यटन विभाग प्रदेश सरकार र केन्द्रमा मन्त्रालय र राष्ट्रपतीसँग ज्ञापनपत्र राखी लभिङ गर्दै अगाडि बढिएकाे बाजुराको बडिमालिका नगरपालिका प्रमुख अमर बहादुर खड्का र वार्ड अध्यक्ष कृष्ण खड्का बताउँछन् । 

यसका लागि विश्वविद्यालयका प्रोफेसर सुदिप ठकुरीको नेतृत्वको टोली बनाई केन्द्रिय  सरकारले ओभरल पर्यटन क्षेत्रको रिसर्च गरी सकेको छ । जाडोमा हिऊँको स्की र गर्मीको समयमा हरियालीको निकै सम्भावना रहेकोले पर्यटनको विकास गरी नक्सासहितको तालिम प्राप्त पर्यटक गाइडको तयारीमा रहेकाे खड्का बताउँछन् ।

पर्यटन क्षेत्रको विकासको लागि उचित लगानीर्ताको खोजीमा रहेको बताए । त्यहाँ सेवा सुविधा सम्पन होटलका साथमा नेपालको निकै नै सम्भावना  बोकेको होमस्टे र नयाँ अवधारणामा खर्कस्टे  लगायतका लगानीको बाटो उपलब्ध गराउने लक्ष्य राखिएकाे छ । त्यस्तै पञ्च वर्षिय  र दश वर्षिय लगानीमा न्यूनतम  राजश्व  लिगी लगानीको बाटो खुलाउने तयारीमा रहे पनि  टुरिजमको साथ साथै स्थानिय उत्पादनको उचित बजारको पनि अभाव रहेको छ ।

यसका लागि गोदाम घरको सोचाइमा नगरपालिका रहेको छ भने जडिबुडीको दृष्‍टिबाट नेपालमा पाइने धेरै जडिबुडी जस्तै पाँच अम्ले सतुवा जस्ता जडिबुटीको प्रबल सम्भावना रहेको छ । साे क्षेत्रकाे शिक्षामा भने सामुदायिक विद्यालयलाई ब्यवसायमुखी बनाउनु पर्ने देखिन्छ । स्वास्थ्यमा भने  १५ सैयाको जिल्ला अस्पताल छ जहाँ सामान्य प्रकृतिका बिरामी मात्र उपचार हुन्छ अप्रेसन र जटिल प्रकारको बिरामीलाई सेवा दिन सकिने अवस्था छैन । अब भने ५० सैयाको लागि तयारी भएको दुवै खड्काले एकमुष्ट जानकारी दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको