Like us!
Follow us!
Connect us!
Watch us!

सकारात्मक माहोल र लगानीकर्ताको बलियो मनोविज्ञान: नेप्से हरियो मै बन्द

नेप्से

सोमबार, १८ पुस २०७९, १५ : ०१ मा प्रकाशित

सकारात्मक माहोल र लगानीकर्ताको बलियो मनोविज्ञान: नेप्से हरियो मै बन्द

सेयर बजारको माहोल निरन्तर सकारात्मक नै देखिएको छ । लगानीकर्तामा विगतमा देखियो कमजोर मनोविज्ञान घट्दै गएको देखिन्छ।  जसको कारण पनि आज यो साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि २ अर्ब नाघेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक १७.५६  अंकले बढेर २०६३.८३  विन्दुमा पुगेकाे छ । नेप्से ०.८६ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.८८ अंकले बढेर ३९४.८९ विन्दुमा पुगेकाे छ ।

कूल २५३ वटा कम्पनीकाे ८२ लाख कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९६ करोड बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३  वटा उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ । 

 

 

63b2a435a81d1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको