Like us!
Follow us!
Connect us!
Watch us!

देशका विभिन्न स्थानमा “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न

अर्थ संसार

मंगलबार, १९ पुस २०७९, १३ : ४५ मा प्रकाशित

देशका विभिन्न स्थानमा “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले गएको हप्ता देशका विभिन्न ठाउँहरुमा “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । महिला समूदायलाई तालिम दिने, रोजगारीमा आवद्ध गर्ने र आय आर्जन गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन भएको हो ।

पौष ४ गतेबाट शुभारम्भ भएको यो अभियान गएको हप्ता पोखरा, बेनी, बुटबल, लम्की, चन्द्रगढी, बीरगञ्ज र बेलौरीमा पनि सम्पन्न भएको छ । पौष १६ गते बुटबलको ग्रिन भ्याल पार्टी प्यालेसमा लक्ष्मी रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५० जनाको सहभागिता थियो। शाखा प्रमुख गणेश भुसालद्वारा सञ्चालित कार्यक्रममा आर्यन खान र मार्केटिङ मेनेजर यम लाल न्यौपानेले महिला सशक्तिकरणमा महालक्ष्मी लाईफले ल्याएको यो अभियानले सकारात्मक भुमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । 

त्यसै गरी सोहि दिन बेनीमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका अध्यक्ष दिल कुमारी घर्तिले महिलाहरुको तालिम र रोजगारीमा यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमला, बेनी अस्पतालका डा। विराज आचार्य, कम्पनीको धौलागिरी प्रमुख जमुना आचार्य र समाजसेवी नीरमाया पुर्जा पुन गुरुङले कार्यक्रमको महत्व बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा ६० जना महिलाहरुको सहभागिता रहेको थियो ।

पौष १७ गते आइतबार बेलौरी उद्योग वाणिज्य संघको भवनमा पनि महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । ५५ जना महिलाहरुको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता बेलौरी न.पा वडा नं. ७ का वडा सदस्य विन्द्रावती रानाले गरेकी थिइन् । कम्पनीका कार्यालय प्रमुख प्रदिप तिवारीद्ववारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी बोहोरा र कार्यक्रमको महत्व बारेमा क्षेत्रिय प्रमुख हर्क बहादुर बोहोराले जानकारी गराएका थिए । 

पौष १६ गते नै महिला सशक्तिकरण सम्बन्धी छुट्टा छुट्टै कार्यक्रम पोखरा, लम्की, चन्द्रगढी र वीरगञ्जमा पनि सम्पन्न भएको छ । समाजका अगुवा महिला र जनप्रतिनिधिहरुको अध्यक्षतामा सम्पन्न कार्यक्रमले तालिम, रोजगारी र आय बृद्धिको यो कार्यक्रमले महिलाहरुको आत्मबल बढाउन र सशक्तिकरणमा ठुलो योगदान दिने विश्वास व्यक्त गरियो। महालक्ष्मी लाईफले यो कार्यक्रम आ।व। २०७९/८० भित्र ३० जिल्लामा सञ्चालन गरी ६० जनालाई प्रत्येक्ष र ३,००० जनालाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको