Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, १९ पुस २०७९, १४ : ०५ मा प्रकाशित

बैंक अफ काठमाण्डूको संस्थापक सेयर बिक्रीमा

बैंक अफ काठमाण्डू लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । बैंककाे संस्थापक सेयरधनी भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोरले आफ्नाे नाममा रहेकाे ९ लाख ५२ हजार ७ सय ३० कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएकाे हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेकाे हाे । उक्त सेयरकाे न्यूनतम मूल्य प्रतिकित्ता २०० रूपैयाँ ताेकिएकाे छ । आवेदन दिँदा साे वा साेभन्दा बढी मूल्य कबाेल गर्नुपर्दछ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे सचिवकाे कार्यालयमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको