Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि एकिकृत काराेबार थाल्ने

अर्थ संसार

विहीबार, २१ पुस २०७९, १४ : ३१ मा प्रकाशित

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि एकिकृत काराेबार थाल्ने

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि एकिकृत काराेबार सुरू गर्ने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडकाे नामबाट एकिकृत काराेबार सुरू हुने भएकाे हाे ।

यी दुई बैंकलाई नेपाल राष्ट्र बैंकले पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएका थिए । 

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर प्रयोजनका लागि २०७९ आषाढ २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कार्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो । 

मर्जरको निम्ति सेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् । उक्त अनुमोदनलाई दुवै बैंककाे मसिंर २३ गते सम्पन्न साधारण सभाबाट समेत पारित गरिसकिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको