Like us!
Follow us!
Connect us!
Watch us!

५ महिनापछि ५ अर्ब नाघ्याे काराेबार रकम, ९ वटा स्टकमा लाग्याे पाेजेटिभ सर्किट

नेप्से

विहीबार, २१ पुस २०७९, १५ : ०३ मा प्रकाशित

५ महिनापछि ५ अर्ब नाघ्याे काराेबार रकम, ९ वटा स्टकमा लाग्याे पाेजेटिभ सर्किट

सेयर बजारमा राैनकता कायमै छ । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि ५ महिनापछि ५ अर्ब नाघेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक १७.९२ अंकले बढेर २१४३.७६ विन्दुमा पुगेकाे छ । नेप्से ०.८४ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.६१ अंकले बढेर ४११.३३ विन्दुमा पुगेकाे छ ।

कूल २५९ वटा कम्पनीकाे एक कराेड २५ लाख ८१ हजार ९ सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४ करोड ७ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ । बैंकिङ्ग र अन्य समूह घटेकाे हाे ।

बिहीबार हिमालयन डिष्टीलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ४३ कराेड १९ लाख ६६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज ९ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । चन्द्रागिरी हिल्स, बुद्धभूमी नेपाल हाइड्राेपावर, धाैलागिरी लघुवित्त, खप्तड लघुवित्त, श्रृजनशील लघुवित्त, बाराही हाइड्राेपाववर, हिमालयन उर्जा, इष्टर्न हाइड्राेपावर र हिमालयन हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस दिन सिटीजन्स म्युचुअल फण्ड २ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ३.०३ प्रतिशतले घटेर ८ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको