Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिङ्ग कर्पाेरेशनको लाभांश घाेषणा, नेप्सेको कारबाही लगानीकर्तालाई

अर्थ संसार

विहीबार, २८ पुस २०७९, २२ : २१ मा प्रकाशित

कराेड ४४ लाख ८२ हजार ९ सय ५९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७ सय २४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

४. साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले काराेबार समयमा लाभांश घाेषणाकाे सूचना सार्वजनिक गरेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले काराेबार राेक्का गरेकाे छ । नेप्सेले कम्पनीले के कति कारणबाट समयमानै जानकारी नदिएको हो ३  कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न समेत निर्देशन दिएकाे छ ।

५. सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि १७ लाख ४३ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि छिटोमा माघ १२ गते गतेसम्म आवेदन दिन सक्नेछन् । साे अवधिमा सबै बिक्री नभएमा ढीलोमा माघ २३ गतेसम्म आवेदन दिन सकिनेछ । 

६. एभरेष्ट बैंक लिमिटेडले पाैष २५ गते, साेमबारबाट निष्कासन गरेकाे ऋणपत्रमा आवेदन दिने म्याद थपिएकाे छ । छिटाे अवधिमा सबै बिक्री नभएपछि म्याद थपेर माघ ९ गतेसम्म लम्ब्याइएकाे छ । बैंकले १० वर्ष अवधि भएकाे वार्षिक ७.५ प्रतिशत व्याज भएकाे "एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र, २०८९" नाममा ऋणपत्र निष्कासन गरेकाे हाे । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ ।लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
 

७. सिभिल बैंक लिमिटेडकाे आज सम्पन्न भएकाे १२ औँ वार्षिक साधारण सभाले हिमालयन बैंकमा गाभिने प्रस्ताव स्वीकृत गरेकाे छ । सभाले सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात कायम गरी प्राप्ति कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको हाे । यसका साथै, सभाले चुक्ता पुँजीको ५ प्रतिशत बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि प्रतिसेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेकाे छ ।

८. नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौमा सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । उक्त लाभांश रकम आजैबाट एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था गरिएको टेलिकमले जनाएकाे छ । 

९. जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि पौषमा साधारण सभा गर्न नसक्ने भएकाे छ । संस्थाको आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षणकाे कार्य चलिरहेकाे र अन्य विविध कारणले गर्दा साे समयावधिभित्र उक्त साधारण गर्न नसकिएकाे नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत् जानकारी गराएकाे छ ।

१०. बिहीबार सुनकाे मूल्य ताेलामा २ सय रूपैयाँले बढेर प्रतिताेला १ लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।  बिहीबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १३ सय ६० रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको