Like us!
Follow us!
Connect us!
Watch us!

सिलवाल मुद्दामा भदौ २७ गते निर्णय

विहीबार, १५ भदौ २०७४, १७ : ४८ मा प्रकाशित

सिलवाल मुद्दामा भदौ २७ गते निर्णय

अर्थ संसार, काठमाडौँ– प्रहरी महानिरीक्षकमा बढुवासम्बन्धी विवादमा प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिट निवेदनमाथिको फैसला यही भदौ २७ गते हुनेछ ।

प्रधानन्यायाधीश गोपाल पराजुली त था न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासले वादी र प्रतिवादी दुवै पक्षको बहस सुनेको थियो । आज सुनुवाइ सकिएको छ ।

सिलवालले कार्यसम्पादन र मूल्याङ्कनमा आफू पहिलो स्थानमा हुुँदाहुँदै पहिला जयबहादुर चन्द र पछि प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेर आफूमाथि अन्याय भएको जनाई सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

गत साउन १९ गते बहस नसिकएपछि आजका लागि पेशी तोकिएको थियो । सिलवालका पक्षबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, बद्रीबहादुर कार्की, तुलसी भट्ट तथा अधिवक्ता टीकाराम भट्टराई, दीपेन्द्र झालगायत बहस गर्नुभएको थियो । सरकारका तर्फबाट तत्कालीन महान्यायाधिवक्ता रमण श्रेष्ठले समेत बहस गर्नुभएको थियो ।

सरकारले प्रहरी महानिरीक्षकमा चन्दलाई बढुवा गरेपछि सिलवालले आफूलाई अन्याय भएको जनाई निवेदन भएको थियो । त्यसको सुनुवाइमा अदालतले कार्यसम्पादन र मूल्याङ्कनका आधारमा बढुवा गर्न परमादेश दिएको थियो । अदालतको उक्त आदेशपछि सरकारले प्रहरी महानिरीक्षकमा अर्याललाई बढुवा गरेको थियो ।
अर्यालविरुद्ध पनि सिलवाले निवेदन दायर गर्नुभएको थियो । त्यसको सुनुवाइपछि अदालतले सरकारका नाममा कारण देखाऊ आदेश दिएको थियो । त्यसपछि आज बहस सकिएर निर्णय सुनाउने तय गरिएको हो । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको