Like us!
Follow us!
Connect us!
Watch us!

सांसद घिसिङको राजीनामा

विहीबार, १५ भदौ २०७४, २२ : १५ मा प्रकाशित

सांसद घिसिङको राजीनामा

अर्थ संसार, काठमाडौँ– नेकपा ९माओवादी केन्द्र० का सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट आज राजीनामा दिनुभएको छ ।

ललितपुरबाट समानुपातिकमा सांसद् हुनुभएका उहाँले आज आफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुखसमक्ष पद परित्याग गरिएको जनाउँदै आफ्नो राजीनामा दिनुभएको हो । केन्द्रका प्रमुख सचेतक रेखा शर्माले संसदीय दलको कार्यालयमा पनि उहाँले बोधार्थ दिनुभएको जानकारी आएको बताउनुभयो ।

प्रमुख सचेतक शर्माले घिसिङले स्थानीय निर्वाचनमा पार्टीलाई अन्तरघात गरेका विषयमा पार्टीले कारवाही गरेको र संसद्मा पनि पटक पटक ह्विप उलङ्घन गरेका विषयमा प्रश्न उठेपछि सांसदबाट पनि हटाउने तयारी भएका सन्दर्भमा उहाँको राजीनामा आएको हुन सक्ने बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको